१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र एफसी खुमलटार तथा हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिश्पर्धा हुँदै


१२ जेठ, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

दोस्रो लेगको आठौं चरण अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

पुलिस आज आठौं जितको खोजिमा रहेको पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा छ । खुमलटार सातौं जितको खोजीमा छ । खुमलटार २० खेलमा २१ अंक जोडेर पुछारमा छ ।

यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । सातौं जितको योजनामा रहेको हिमालयन २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा छ भने २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको थ्री स्टार सातौं जितको योजनामा छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १०:३८