१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

शहीद तथा वेपत्ता योद्धाहरुको सम्बोधनको लागि आवश्यक पहल गर्छुः उपराष्ट्रपति यादव


११ जेठ, काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले सशस्त्र द्वन्द्वका शहीद, वेपत्ता योद्धाहरुको सम्बोधनको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीवार राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको १७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले अपाङ्ग घाईते र उनीहरुको परिवारजनहरुले राखेका कुरो सरकारले नीति तथा कार्यक्रममा राखेको भन्दै उनीहरुको भावनाको सम्बोधन हुने विश्वास व्यक्त गरे ।

उनले भने ‘बीर शहीद र वेपत्ता योद्धाहरु ,अपाङ्ग घाईते र उहाँहरुको परिवारजनहरुले जे कुरा यहाँ राख्नुभयो सरकारले नीति तथा कार्यक्रममा यस विषयमा कार्यक्रम ल्याएको छ । मलाई लाग्छ यहाँहरुको भावनाको सम्बोधन हुन्छ । मलाई पनि ध्यानाकर्षण गराउँनु भयो आउँने दिनमा मेरो भूमिका सरकारलाई भन्ने र ससम्बन्धित निकायलाई पनि मेरो पहल हुनेछ ।’

उपराष्ट्रपति यादवलेशहीदहरु सबैका साझा सम्पत्ति भएकाले अमूल्य सम्पत्तिको संरक्षण गर्न सबै जनता तथा राजनीतिज्ञहरुको कर्तव्य भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १२:३२