७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण


११ जेठ, काठमाडाैं । सिरहाको कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दै आएकालाई लालपुर्जा वितरण गरिएको हो ।

कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी कार्यालय मिर्चैयाका १ नं नापी टोलीका प्रमुख आशुतोषकुमार यादवले जानकारी दिए।

लालपुर्जाबाट बञ्चित जग्गाधनीले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । विशेष नापी कार्यालय मिर्चैयाले २०६३ सालदेखि सिरहामा जग्गाको नापजाँच गर्दै आएको कार्यालय प्रमुख दिलीपकुमार सिंहले बताए।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार ११:४२