१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पूर्व गृहसचिव पाण्डेले असुल भएको रकम प्रहरीमार्फत नै बैंकमा जम्मा गराउँथे


११ जेठ, काठमाडौं । गृहमन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थीका नाममा असुल गरिएको रकम निजी सुरक्षा गार्ड धर्मराज शाहीमार्फत निजी बैंक खाता जम्मा गर्थे । धर्मराज नेपाल प्रहरीका बरिष्ठ सई हुन् ।उनले उक्त रकम एभेरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ मा जम्मा गराउँथे भने, हिमाल बैंकमा रहेको उनको अर्को निजी खाता नंं. ०२७०४६७२४७००१८ मा पनि जम्मा गराउँथे । उनले धर्मराजमार्फत दुई वटा बैंक खातामा २ मंसिर ०७८ देखि ११ फागुन ०७८ सम्म ८४ लाख ९४ हजार ९७ रुपैयाँ जम्मा गरेका छन् ।

सरकारी वकिल कार्यालय काठमाडौंले बनाएको अभियोग पत्रमा धर्मराजले भनेका छन्,‘ तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले मलाई बिभिन्न मितिमा निजको कार्यकक्षमा बाेलाई आफु केही व्यस्त भएकोले तपाईले मेरो व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी आउनु भनि पठाउने गर्नु भएकोले मेरो नामबाट सम्बन्धित बैंकहरुमा गई रकम जम्मा गरी दिई उक्त रकम जम्मा गरेको भौचर निजलाई भेटी दिने गरेको थिएँ ।’ पाण्डेले उक्त रकम बिचौलिया मध्येकै केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारीबाट लिने गरेका थिए । सोही क्रममा दुलालले एक करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेका थिए ।

बैंकमा जम्मा भएकाे रकम मितिसहितः

०७८–०८–२२ एभरेष्ट बैंक २,००,०००

सन् ०२२–१२–०९ हिमालयन बैंक ९,४०, ६४२

०७८–११–११ एभरेष्ट बैंक २१,५०,०००

०७८–११–२३ एभरेष्ट बैंक ५७,४५३

०७८–११–२६ हिमालय बैंक १२,०३,८३२

०७९–११–२६ हिमालयन बैंक १,०५,०००

०७८–०८–१५ एभरेष्ट बैंक ४,००,०००

०७९–०२–२३ एभरेष्ट बैंक १५,००,०००

सन् ०२१–१२–०५ एभेरेष्ट बैंक ४,२७,१७०

०७८–०७–२८ एभेष्ट बैंक १०,००,०००

सन ०२२–०७–११ एभेष्टे बैंक १०,०००

०७८–०८–०२ कोष ४५,०००

०७८–०८–०२ कोष ४,५५,०००

जम्मा ८४,९४,०९७

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार ११:३६