७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रुकुम पश्चिम जिप दुर्घटनाः ५ जनाकाे मृत्यु, १० जना घाइते


११ जेठ, सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल र उनका छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप बिहीबार बिहान बाँफिकोट गाउँपालिका–८ तोरीधारा दुर्घटना परेको हो। सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जनाएको छ।

जिपमा १५ जना सवार थिए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १०:५७