४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

नेप्सेमा थप २ कम्पनीको मूल्य समायोजन, कुनको कति?


११ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप २ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको हो ।

१)  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड

नेप्सेले कम्पनीकाे ९.८० प्रतिशत बोनस सेयरपछि  प्रतिकित्ता ४२८.५ रुपैयाँ  हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४७० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

२) नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६०१ रूपैयाँ ६७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६४९ रुपैंया ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार ०९:३८