१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शरणार्थी प्रकरणमा प्रहरी प्रमुखकै भूमिका शंकास्पद, अभियुक्त छाडेर अनुसन्धानको फाइल कब्जा


१० जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नगारिकको अमेरिकामा मानवस्तकरी गर्नका लागि करोडौँ असुल गरिएको घटनामा नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरकै भूमिका शंकास्पद देखिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा पक्राउ परेका अभियुक्तहरूलाई छाडेर कुँवरले अनुसन्धानको फाइलनै कब्जा लिएको अनुसन्धानबाट खुलेको छ ।

कुँवरले नक्कली शरणार्थी बनाएर मानवतस्करी गर्न लागिएको घटनाका मुख्य अभियुक्तहरू मध्येका केशव दुलाल र सानु भण्डारीसँग पटक पटक सम्पर्क र भेटघाट भएको प्रमण प्रहरीले फेला पारेको छ । तत्कालीन गृहसचिव र केशव दुलालको भाइबरमा भएको च्याटमा कुँवरसँगको पटक पटकको भेटघाट र सम्पर्कको विषय देखिको प्रहरी अनुसन्धानले देखाएको छ ।

कतिपय अवस्थामा कुँवर विचौलियाको बीचको भेटघाटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मध्यस्तकर्ताको भूमिका समेत खेलेको पाइएको छ । पाण्डेले कुँवरसँग कुरा गरेपछि अर्का विचौलिया सानु भण्डारीले तत्कालीन डिआइजी कुँवरसँग भेटगरेको तथ्य नै भेटिएको छ । गत असार १३ गते उनीहरूको बीचमा भेट भएको तथ्य प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ ।

कुँबर एसएसपी हुँदा बालकृष्ण खाँडदेखि टेकनारायण पाण्डेसम्म जोडिएपछि अनुसन्धानको फाइल पिलरबाट मगाएर आफ्नो घरमै लगेको प्रहरी स्रोतले बताएको छ । सानु भण्डारी र टंक गुरूङलाई पक्राउ गरेको केही घण्टामै तत्कालीन गृहमन्त्री खाँणको आदेशमा छाडेका कुँवरले पछि फाइल नै बन्द गरेका थिए ।

टोपबहादुर भगाएपछि बालकृष्णको सूचना पक्राउपछि मात्रै पाए

प्रहरी प्रमुख कुँवरले एमाले सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भागाउन भूमिका खेलेपछि नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ भएपछि मात्रै कुँवरले जानकारी पाएका थिए । कुँबरको मिलेमतोमा केहीदिन टोपबहादुर लुकीछिपी बसेको प्रहरी स्रोत बताउँछ । अपराध अनुसन्धानमा प्रहरी प्रमुखकै भूमिका शंकास्पद देखिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले खाँण पक्राउ गरेरमात्र सूचना दिएको थियो । जसको नेतृत्व कार्यालयका प्रमुख एसएसपी डा मनोजकुमार केसीले गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ०१:१४