१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

विश्वकप छनोटको खेल तालितका सार्वजनिकः पहिलो खेल नेपालले जिम्बावेसँग खेल्ने


९ जेठ, काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेलतालिका सार्वजनिक भएको छ ।मंगलबार आइसीसीले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच प्रतिश्पर्धा हुने भएको हो ।

१८ जुन अर्थात असार ३ मा हुने उद्घाटन खेलमै नेपालले आयोजक जिम्बावेसंग प्रतिश्पर्धा गर्ने भएको हो । दोस्रो खेलमा २० जुन अर्थात असार ५ मा नेपालले अमेरिकासँग तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा खेल्ने छ । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्याण्डस्सँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

प्रतियोगितामा दश राष्ट्र सहभागि छन् । दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, , नेदरल्यान्ड्स र अमेरिका छन् भनेसमूह बी मा श्रीलंका,आयरल्यान्ड,स्कटल्याण्ड,ओमान र युएई छन् । समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् ।

आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् भने सुपर सिक्सको एक समूहले टोलीले अर्को समूहको टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईटोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड,दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १५:४२