१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बैंकिङ र शिक्षा क्षेत्रको सुधारबाट अर्थतन्त्र बलियो बनाउन सकिन्छः सांसद गिरी


९ जेठ, काठमाडौं । नेपाली काँंग्रेसका सांसद दीपक गिरीले अहिलेको आर्थिक संकटबाट देशलाई बाहिर ल्याउन सरकारले बैंकिङ र शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्दै सांसद गिरीले देशको अर्थतन्त्र दिगो बनाउन शिक्षा क्षेत्रको सुधार र दक्ष जनशक्ति उत्पादन पहिलो शर्त रहनु पर्ने बताए ।

उनले भने ‘अहिले नेपालमा २६ हजार ४ सय ५४ सरकारी स्कुल र ६ हजारर ७ सय ६० निजी स्कुल संचालनमा छन् । सरकारी स्कुल विद्यार्थी नपाएर गाभ्ने दिन आएको छ । निजी स्कुलमा मासिक हजारौं÷लाखौं रुपैयाँ तिरेर विद्यार्थी पठाउँदै आएका छन् । हाम्रा पब्लिक स्कुल सुधारमा ठोस योजना ल्याउनु पर्दैन ? मानव संशाधन विना देशको विकास कसरी सम्भव छ ?’

पछिल्ला दुई दशकमा उद्योगको जीडीपीमा घटिरहेको हिस्सेदारीलाई कसैले उत्तर दिनु नपर्ने हो भन्दै उनले प्रश्न गरे । ‘किन घट्यो उद्योगको उत्पादन ? यस अवधिमा हामीले कति कानुन उद्योगमैत्री बनायौं । उद्योगको सम्भावना अध्ययन सरकारले गरेको छ वा छैन ?,’ सांसद गिरीको प्रश्न थियो ।

अहिलेको आर्थिक संकट सम्बोधन गर्न नसकेको खण्डमा आगामी बजेटले लिने नीति, कार्यक्रम र लक्ष्यको कुनै मतलब नहुने भन्दै सरकारले तत्काल बैंकिङ क्षेत्र सुधारबाट गर्न बुँदागत रुपमा सुझाव पनि दिए।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १५:०८