६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

छुट्ला है ! थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


९ जेठ, काठमाडाैं । स्थानीयले थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज वैशाख ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियाे ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता सेयर जारी गरेको छ।

स्थानीयका लागि जारी आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा भने ४ लाख ९२ हजार ५०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयाले खोटाङमा रहेका सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको साइट कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०९:५२