११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

आगामी बजेटले सम्बोधन गर्नैपर्ने सात विषय


-प्रकाश भट्टराई, पिएचडी

एउटा सचेत नेपाली नागरिकको रुपमा भन्नुपर्दा अब आउने बजेटमा तपशिलका प्रश्नहरुको म उत्तर खोजिरहेको हुनेछु

१ अनौपचारिक क्षेत्रमा सक्रिय ६० लाख भन्दा बढी श्रमिकहरुको रोजगारीका अवसरहरु लाई सुनिश्चित गर्न आउने बजेटले कसरी सम्बोधन गर्छ ?

२ वास्तविक किसानहरु (बिषेशत साना किसानहरु)लाई आबस्यक पर्ने मल बिउ, सिंचाई, प्रबिधि, तथा उत्पादित बस्तुको बजारको सुनिस्चिताका लागि आउने बजेटले कसरी सम्बोधन गर्छ? किसानका नाममा अनुदान खानेहरु लाई बजेटले कसरी रोक्छ ?

३ साना तथा मझौला उद्योग तथा नव प्रबर्तनको बिस्तार र बिकासका लागि आउने बजेटमा के कस्ता कार्यक्रमहरु प्रस्ताब गरिन्छन् ?

४ सबैभन्दा बढी गरिबीको चपेटामा रहेका ग्रामिण तथा दुर्गम भेगमा अर्थतन्त्र लाई चलायमान बनाउन बजेट भित्र के कस्ता कार्यक्रमहरु समेटिन्छन् ?

५ हरेक बर्ष श्रम बजारमा प्रबेस गर्ने ४ लाख भन्दा बढी श्रम शक्ति लाई मद्यनाजर गर्दै नेपाल भित्र कति रोजगार सिर्जना गरिन्छ ? नेपालमा रोजगार पाउन नसकेको सरप्लस श्रम शक्तिलाई बैदेशिक रोजगारमा पठाउने संयन्त्रको बारेमा बजेटले के भन्छ ?

६ देशको अर्थतन्त्र सरकार, निजि क्षेत्र, आम जनताको सहकार्यमा चल्नुपर्नेमा अहिलेको अर्थतन्त्र सरकार र निश्चित संख्यामा रहेका ब्यापारीहरुको कब्जामा रहेको यथार्थता लाई स्वीकार गर्दै, जनता लाई अर्थतन्त्रको महत्वपुर्ण शक्ति र साझेदारक्को रुपमा विकास गर्न अहिलेको बजेटले के कस्ता प्राबधानहरुको ब्यबस्था गर्नुपर्छ? अर्को शब्दमा भन्नु पर्दा जनता केन्द्रित अर्थतन्त्र जहाँ आम नागरिकहरु सरकार र ब्यापारीहरु संग कम मात्र भर परेर आफ्नो जीबन निर्बाह सहज ढंगले गर्न सक्ने वाताबरण निर्माणका लागि अहिलेको बजेटले के कस्ता नीतिहरु अबलम्बन गर्छ ?

७ बजेट बिनियोजन गर्दा निश्चित नेताहरु, मन्त्रीहरु, सांसदहरु, र प्रशासकहरुले आफ्नो राजनीतिक तथा सामाजिक प्रभाब बिस्तार गर्न निश्चित जिल्ला तथा निर्बाचन क्षेत्रमा चाहिने नचाहिने बजेट दिने, तर अति आबस्यक क्षेत्रमा बजेट नदिने काम आगामी बजेटमा गरिन्छ कि गरिदैन ?

(भट्टराईले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेको विचार-सम्पादक)

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ०७:३२