१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

किसानलाई कृषि सामग्री वितरण


१३ बैशाख, वाग्मती । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ ।

चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु आठ लाख र किसान समूहबाट रु आठ लाख गरी रु १६ लाख मूल्य बराबरको कृषि सामग्री खरिद गरी वितरण गरिएको परियोजनाका प्रमुख अनिल तिवारीले जानकारी दिए । परियोजनाले सो समूहमा आवद्ध किसानलाई स्पे्र पम्प, त्रिपाल, मलखाद तथा धानका बीउ वितरण गरेको जनाएको छ ।

कृषि आधुनिकीकरण तथा यान्त्रिकरणको प्रयोग गरी खेती गर्दा लागत कम भई उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाधान्नमा आत्मनिर्भर बनाउने उद्देश्य लिएको परियोजनाको धानजोन जिल्ला संयोजक विमला कार्कीले बताए । धनेश्वरी किसान समूहका अध्यक्ष लोकनाथ ढुङ्गानाले हर्दिनाथ जातका धानलाई चकलाबन्दी कार्यक्रम अन्तर्गत प्रवद्र्धन गर्न खोजिएको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १२:३९