१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

धुलो र झोल दूध आयात गर्न तत्काल पहल गर्ने डेरी एशोसिएसनकाे निर्णय


१२ वैशाख, काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध अभाव हुन नदिन धुलो दूध र झोल दूध आयात गर्न तत्काल पहल गर्ने निर्णय गरेको छ । सर्लाहीको हरिवनमा सम्पन्न नेपाल डेरी एसोसिएसनको केन्द्रिय विस्तारित बैठक दूधको अभाव हुन थालेका कारण धुलो र झोल दूध आयात गर्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।

हिजो र आज दुई दिन बसेको बैठकमा अब दूधको मूल्य तोक्दा प्रदेश अनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा छलफल भएको थियो । बैठक पछि जारी विज्ञप्तिमा जनाइए अनुसार फ्रेस मिल्कमा लगाईएको अन्त शुल्क हटाउन पहल गर्ने, हालै दूधको मूल्य वृद्धि पश्चात छुर्पीको पनि मूल्य वृद्धि भई बजारमा विक्रि नहुँदा उत्पन्न समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा दूग्ध संकलन गर्ने केन्द्रमा दिइदैं आएको विद्युत महसुलमा छुट नहटाई निरन्तर दिइनुपर्ने र नेपाल डेरी एसोसिएसनलाई महासंघमा लैजाने विषयमा छलफल भएको बताइएको छ । सबै प्रदेशले लिखित प्रतिवदेन पेश गरेको बैठकमा अब दूधको मूल्य वृद्धि गर्दा प्रदेश अनुसार फरक फरक गर्ने बारेमा पनि छलफल भएको थियो ।

यस्तै आजदेखि बैशाख १४ गतेसम्म मधेश प्रदेशको हरिवनमा डेरी तथा कृषि औजार मेला सम्पन्न हुन गइरहेको सन्दर्भमा उक्त अवसरलाई सदुपयोग गर्दै एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सातै प्रदेशका अध्यक्षहरु, उपाध्यक्षहरु, कोषाध्यक्षहरु, सचिवहरु एवं जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको जानकारी केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल दिएको छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १२:२४