१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कुरिलो प्रतिकेजी २५० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


११ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमवारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, रातो आलु ३३ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, अदुवा १३० रुपैयाँ, कुरिलो २५० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

त्यस्तै,सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ , लोकल गाजर प्रतिकेजी ६० रुपैयाँ,राजमा घिउ सिमी ६० रुपैयाँ, घिरौँला २५ रुपैयाँ, लोकल परवर ६० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो ३५ रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, प्रतिकेजीमा विक्री भैरहेको समितिले जनाएको छ ।

चमसूरको साग ७० रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ,भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो धनियाँ ४० रुपैयाँ प्रतिकेजी मूल्य रहेको छ ।यस्तै फलफूलको मूल्य पनि सार्वजनीक भएको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, केरा १७० रुपैयाँ, आँप (दशहरी) १२० रुपैयाँ,अनार २२५ रुपैयाँ, कागती २२० रुपैयाँ,आभोकाडो ४०० रुपैयाँ, किवि ४०० रुपैयाँ तथा अमला १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०९:४३