८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बैंकको ब्याज घटाउन माग गर्दै नुवाकोटका एक किसान ६ दिनदेखि अनशनमा


१० वैशाख, काठमाडौँ । बैंकको ब्याज घटाउन माग गर्दै नुवाकोटका एक किसान ६ दिनदेखि आमरण अनशनमा बसेका छन । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ सिउडेनीका श्रीराम घिमिरे माग पूरा नहुँदासम्म आमरण अनशन जारी रहने बताएका छन ।

 बैँकको ब्याजदर २ प्रतिशत कायम गर्न, कृषकलाई अनुदान दिलाउन, कृषि मल, बिऊ र औजार अनुदानमा प्राप्त गर्न, कुल बजेटको कृषिमा १० प्रतिशत विनियोजन गर्न, किसान कार्ड लागु गर्न र किसानलाई यातायात भाडामा ५० प्रतिशत छुट दिलाउने माग राखेर सबैका लागि अनशन बसेको घिमिरेले बताएका छन ।

नेताहरूले नै करोडौँ रूपैयाँ अनुदान कुम्याउने नुवाकोट जिल्लाका एक किसान व्यवसायका लागि लिएको ऋण तिर्न कठिन हुने देखेपछि विभिन्न माग राखेर आमरण अनशनमा बसेका हुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि अनुदानकै लागि नुवाकोटमा बाख्रा फारम बनाएकोदेखि एमाले, माओवादी र कांग्रेसका नेताहरूले किसानलाई राहत दिने सरलीकरण गर्ने नाममा करिब १ अर्ब अनुदान झ्वाम पारिसकेका छन । तर वास्तविक किसानहरू सानो सानो ऋण समेत तिर्न नसकेपछि अनेक अभियानमा लागेका छन ।

   

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १०:०२