१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

साेमबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


४ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.६४ अकंले घटेर १९०८.०४ बिन्दुमा बन्द भएको छ ।

शेयरबजार घटेसँगै आज काराेबार रकम समेत खुम्चिएर ९१ करोड ८२ लाख रुपैयाँ बराबरकाे कारोबार भएको छ । आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ३३ लाख, एनआइसी एशिया बैंकको ३ करोड ११ लाख, माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १५:११