७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रवि लामिछानेले चुनावका लागि किनेको घरको छतबाट कसरी खसे चालक थापा ?


४ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले चुनावका लागि चितवनमा किनेको घरको छतबाट गाडी चालक खसेका छन । छतबाट खसेका चालक दिल बहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन ।

घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका थापाको अहिले पुरानो मेडिकल कलेजका उपचार भइरहेको छ । गत मंसिरमा चुनाव अघि लामिछानेले भरतपुर महानगरपालिका–११ मा घर किनेका थिए । चालक थापा सोही घरको छतबाट आज बिहान करिब ४ बजेको समयमा खसेको बताइएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसने नगरपालिका–३ स्थायी घर भएका ३९ वर्षिय शम्भु भनिने थापाको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले उनको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १२:०४