२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

परराष्ट्रमन्त्रीमा एनपी साउद र भौतिक पूर्वाधार राज्यमन्त्रीमा नन्दा चपाईले लिए सपथ


३ वैशाख, काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।

साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छिन् । चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराएका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १६:३७