८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यी हुन् आज सर्वाधिक काराेबार हुने कम्पनी


३ वैशाख, काठमाडाैं । नयाँ बर्ष २०८० काे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२८ अकंले घटेर १९३१.६८ बिन्दुमा बन्द भएको छ । आज २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता किनबेच हुदाँ ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको यस दिन ३ करोड ८९ लाख रुपैयाँ बराबारको सेयर कारोबार भएको छ।त्यस्तै, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टीलरी, सगरमाथा जलविधुत्, तारागाँउ रिजेन्सी, निफ्रा, नेशनल लाइफ, एशियन लाइफ र स्टान्डर्ड च्याटर बैंकको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १५:१३