१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एमाले नेताको समूहिक लगानीमा एएसके युपिभिसी फेब्रिकेशन एण्ड ईन्जिनियरिङ उद्योग


३ वैशाख, काठमाडौँ । नेकपा (एमाले) सिन्धुपाल्चोकका नेता÷कार्यकर्ताहरु मिलेर चाँगुनारायण नगरपालिका–२ दुवाकोट, भक्तपुरमा एएसके युपिभिसी फेब्रिकेशन एण्ड ईन्जिनियरिङ उद्योगसुरु गरेका छन् ।

बाह्रबिसे नगरपालिकाका–४ का एमाले नेता अर्थलाल श्रेष्ठ, सोहि नपा–९ राम्चेका नेता सुन्दर लामा, कुञ्जराम श्रेष्ठ र मिना लामाको लगानीमा चैत २५ गतेबाट उक्त उद्योग संचालन आएको छ ।

उक्त्त उद्योगको उद्धघाटन एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले गरेका थिए । “देशलाई समृद्दिको दिशामा अघि बढाउने हो भने स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । नेता कार्यकर्ताहरु पनि आत्मनिर्भर नबने मुलुक समृद्ध बन्दैन । कार्यकर्ताहरु उत्पादन संग जोडिएनन् भने पार्टीको मात्र होईन, कार्यकर्ताहरुको भविष्य समेत अन्योलग्रता छ । तसर्थ उत्पादन संग जोडिदै देश विकास र पार्टी निर्माणमा लाग्नुउर्छ ” नेता नेपालले सुझाव दिए ।

मुलुकको समृद्धि चाहने नेताले पहिला आफै आत्मनिर्भर र परिश्रर्मी हुनु पर्छ भन्ने हेतुले उक्त ब्यवसाय संचालन गरिएको ब्यबसायी समेत रहनुभएका एमाले नेता अर्थलाल श्रेष्ठले जानकारी दिनुभयो । उक्त उद्योगमा युपिभिसीका जस्तापाता, झयाल्ढोका, पाटेशन, आल्मुनियम ग्लास, ट्रस, युपिभिसी रुपिङ सिट निमार्ण गरिने छ । बिभिन्न होटल, रेष्टाराँ, बिद्यालय, कलेज, कार्यालय, घर निमार्णमा उक्त उद्योगले सस्तो, सुलभ मूल्यमा यूपिभिसीका सामान बिक्री वितरण सूरु गरेका छौ, सुन्दर लामाले जानकारी दिए ।

सो उद्योगले बिक्री बितरण गर्ने युपिभिसीका सामानहरु आवाज नछिर्ने, पानी नछिर्ने, हावाहुरीले असर नगर्ने, वातावरणमैत्री, किफायती, रङ लगाउन नपर्ने, सार्न मिल्ने, हल्का लगायतका बिशेषता रहेको र युपिभिसीका सामानहरु काठ र फलामका सामानहरु भन्दा गुणास्तर र सस्ता समेत छन् । ब्यबसायी कुञ्जराम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १०:४३