१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय युवा संघको महाधिवेशनः सई बन्न निवेदन दिएकालाई सीधै इन्सपेक्टरको फुली


-विष्णुहरि त्रिपाठी

राष्ट्रिय युवा संघ नेपालको संगठनका आवधिक महाधिवेशन आफैमा एतिहासिक एवम् महत्त्वपूर्ण हुन्छ । राष्ट्रिय युवा संघ नेपालको १० वर्ष पछि भएको नवौँ महाधिवेशन नेतृत्व चयनका सवालमा केन्द्रित थियो । उद्घाटनसत्रको समाप्ति पछि बन्दसत्र शुरु गरियो र प्रतिवेदनहरु वाचनपछि अध्यक्षमन्डलको गठन र नेतृत्व चयन प्रक्रिया शुरु गरियो ।

गुटबन्दी रोक्न पार्टीको निर्देशन बमोजिम शुरुवातमा सर्वसम्मत नेतृत्व चयनको पहल भईरहदा कुरा नमिलेपछी निर्वाचन प्रक्रिया शुरु गरियो । पदाधिकारी लगायत बिधानले तय गरेको भुगोल, कार्यालय लगायत क्लस्टरमा केन्द्रिय सदस्यको मनोनयन दाखिला पनि भयो । दाबी बिरोधको प्रक्रिया समाप्त भएर अन्तिम नामावली प्रकाशन र मतपत्र छपाईको चरणमा पुग्दै थियो । निर्वाचन हुने नै भएपछि हामी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव सचिवका उम्मेदवारहरु देशभरबाट पाल्नुभएका करिब १७ सय प्रतिनिधि माझ भोट माग्न थाल्याैँ ।

मेरो उम्मेदवारी उपाध्यक्ष पदमा थियो भने हामीहरु जो लामो समय युवा आन्दोलन लागेका र कुनै गुटउपगुटमा नलाग्ने, बिश्वास नगर्ने र संगठनको हितलाई पहिलो प्राथमिकता राखेर हिड्ने र लामो अवधी यहि संगठनमा लागेका कारण अधिकांश जिल्लाका नेताहरूसँग प्रत्यक्ष चिनजान भएका कारण सबै माझ पुग्न सकियो । देशभरबाट आएका अधिकांश प्रतिनिधिहरुको मनोबिज्ञान गुटमा भोट नहाल्ने र सक्षम योगदान, बलिदान गर्ने उम्मेदवारहरुलाई चुन्ने भन्ने नै बुझेँ । ७७ ओटै जिल्लाका युवा साथिहरु माझ पुगियो, कुरा राखियो, म मेरो विजय हुने कुरामा निर्धक्क थिएँ मात्र कति बेला निर्वाचन हुने भन्ने प्रतीक्षामा थिएँ ।

बिधान बमोजिम उपाध्यक्ष पदका तीन क्लस्टरमा उम्मेदवारी पर्यो ७ जनाको, छान्नुपर्ने तीन जना थियो । २९ गते बेलुका निर्वाचन प्रक्रिया शुरु होला भनेको बन्दसत्र शुरु गरेर बिधान संसोधन प्रस्ताव लेराईयो।बिधान संसोशन मार्फत ७ जना उपाध्यक्ष सहितको पदाधिकारीको तय गरियो । उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ ७ जना, बिधान संसोधन मार्फत ७ जनाकै उपाध्यक्ष पद सृजना गरियो ।

हामी ढुक्क थियौ हामी उम्मेदवारहरुलाई सर्वसम्मत गर्न कै लागि बिधान संसोधन गरियो भनेर । जुनपदमा जसको उम्मेदवारी पर्यो,उस्ले सोही पदमा ईच्छा राखेपछी कि सर्वसम्मत गरिनुपर्छ,उम्मेदवारी फिर्ताको पहल गरिनुपर्छ कि लोकतान्त्रिक विधि अनुरुप निर्वाचनमा जानुपर्छ तर एकाएक मन्चबाट पढेर सर्वसम्मतका नाममा नाम घोषणा गरियो।सचिवको उम्मेदवार बनेर भोट माग्दै गरेका कमरेडहरुलाई उपमहासचिव ,उपमहासचिवको उम्मेदवार बनेर भोट माग्दै गरेका कमरेडहरुलाई उपाध्यक्ष भन्दै वाचन गरियो।

जब तपाईं असईबाट सई बन्ने प्रतिस्पर्धामा उत्रनुभएको छ र छानिनेक्रममा हुनुहुन्छ भने एकै पटक ईन्स्पेक्टरमा छानिन सक्नु हुन्छ? के त्यो सम्भव छ ? त्यो युवा संघमा मात्र हुनेरहेछ।गौरवशाली संगठनको पदलाई कौडीको भाउमा पुर्याईयो।हामी उपाध्यक्षको उम्मेदवार भएकाहरु जो कुनै गुटबन्दीमा थिएनौ,वाचनमा नाम हटाईयो । एक हिसाबले पार्टीका जिम्मेवार ठुला नेताहरुलाई साक्षि राखेर गुटबन्दीलाई सस्थागत गरियो।गुटमा रहेकाहरु लिस्टमा परे,हामी नहुनेहरु रास्ट्रीय युवा संघबाट बाहिरिने अवस्था आयो ।

यस कारण

-के पार्टीले नेता हुन मन भए गुटबन्दी गर भन्ने नजिर स्थापित गर्न खोजेको हो ?

-पार्टीले जबजको मार्गनिर्देशन पार्टी भित्र लोकतान्त्रीकरण खारेज गरेको ?

-कुनै मापदण्ड बिना नेता हुन सक्ने विधि तय गरेको हो ?

संगठन कसैको पेवा होईन।आफ्नो वर्चस्व कायम राख्न गरिएको यस खालका अराजकता कायम राखे भोलि यो संगठन कहाँ पुग्ला ? हाम्रो मुल पार्टी नेकपा एमालेको गम्भीर ध्यान जानु जरुरी छ।हाटहुट,लाटलुट पारामा सागठनिक अराजकता सच्याउन पार्टी नेतृत्व समक्ष जोडदार माग गर्दछु।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ०८:३५