१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ओशियाना नेपाली खेलकुदमा साउथ अष्ट्रेलियाको उत्साहप्रद प्रदर्शन


१ वैशाख, एडिलेड । अष्ट्रेलियाको क्यानवेरामा सम्पन्न पाचौ ओशियाना नेपाली खेलकुद मिटका साउथ अष्ट्रेलियाले उत्साहप्रद प्रदर्शन गरेको छ । साउथ अष्ट्रलियाबाट सहभागी भएका खेलाडीहरुले ४ खेलमा नै मेडल प्राप्त गर्न सफल भएका छन् । एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)को संयोजनमा क्रिकेट, लन टेनिस, दौड र गल्फमा साउथ अष्ट्रेलियाबाट खेलाडीहरु सहभागी भएका थिए ।

२०/२० क्रिकेटको फाइनलमा पहिला व्याटिङ गरेको एनएसडव्लुले २० ओवरमा १० उइकेटको क्षतिमा ११० बनाएर १११ को लक्ष्य दिएकोमा साउथ अष्ट्रेलियाले १७.३ ओवरमा ४ उइकेटको क्षतिमा १११ को लक्ष्य पुरा गर्दै स्वर्ण पदक जितेको थियो । नेपाली समुदायको ठुलो उपस्थिति रहेको एनएसडव्लु राज्यको क्रिकेट खेललाई राम्रो मानिन्छ । त्यस माथीको जित ठुलै सफलता रहेको एन्का अध्यक्ष विजय जोशी बताउछन् ।

प्रतियोगितामा साउथ अष्ट्रेलियाका उमेश बादु प्रतियोगिताको उत्कृष्ट वल र उत्कृष्ट उइकेट किपर मनिश खकुरेल भएका थिए । सेमिफाइनलमा तास्मानियालाई १९ रनले विजयी भएको थियो । जसमा शुरुमा व्याटिङ गर्दै १९ ओवरमा अल आउट हुदै ९७ रन जोडन सफल भएको थियो । जुन खेलमा तास्मानियाले १८.४ मा अलआउट हुदै मात्र ७८ रन जोडन सफल भएको थियो ।

लन टेनिसमा साउथ अष्ट्रेलियाका 35-45 उमेर समुहमाभेष थापाले स्वर्ण पदक र उमेश बुढाथोकी – रजत पदक हासिल गरेका थिए । यसै गरि डबल्स तर्फको खेलमा भेस थापा र अमर खड्काको जोडिले रजत पदक र बालराम भण्डारी र दीपेन्द्र गुरुङको जोडीले कांस्य पदक हासिल गरेका थिए ।

यसै गरि ५ किलो मिटर दौडमा मधुकर पौडेलले कांस्य पदक जित्न सफल भएका थिए । भने गल्फ तर्फ सुवास केशीले कास्य पदक जितेका थिए । साउथ अष्ट्रेलियाबाट ओशियाना नेपाली खेलकुद मिटका कार्यसमिति सदस्य रहेका सन्तोष अधिकारीले चौथो खेलमा भन्दा खेल विविध कारणले खेल सहभागिता कम भए पनि साउथ अष्ट्रेलियाको सबै खेलमा पदक सहित फर्केकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा साउथ अष्ट्रेलियाको नेपाली समुदाय विचको खेलकुदको विकासमा धेरै गर्न वाकी रहेको र गर्दै जाने पनि बताए ।

यस्तै साउथ अष्ट्रेलियाबाट टेनिस खेलका टोली नेता नविन कडेलले धेरै प्रतिकुलता विच पनि टेनिसमा प्राप्त पदक महत्वपुर्ण भएको बताउदै नेप्लिज टेनिस क्लव साउथ अष्ट्रेलियाले यहाका टेनिस खेलाडीहरुको थप विकासका लागि विभिन्न आन्तरिक खेलकुद लगायत विभिन्न गतिविधिलाई अगाडि बढाउने वारेमा छलफल भैरहेको बताए ।

 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १५:५८