८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उमेशलालले वाकओभर गरेपछि महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत


३० चैत, काठमाडौं । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले वाकओभर गरेपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि आज २ बजेका लागि दोस्रो चरणको निर्वाचन तय भएको थियो । तर वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन अपराह्न ४ बजेका लागि सारिएको थियो । तर, उमेशले अञ्जनलाई समर्थन गरेपछि सहमति भएको हो ।

पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने व्यवस्था थियो ।वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत, अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत र उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत मत प्राप्त गरेका थिए ।

यी हुन नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरू ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १७:०८