१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल टेलिकमको नयाँ वर्ष अफर, १९९ रुपैयाँमा १३ जिबी डाटा


२९ चैत, काठमाडाैँ । नेपाल टेलिकमले, नयाँ वर्ष २०८० को अवसरमा ग्राहकलाई अफर उपलब्ध गराउने भएको छ। टेलिकमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने जानकारी दिएको हो ।

कम्पनीले भोलीदेखि लागू हुने गरी४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराइने जनाएको छ । यसैगरी, डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले, एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई जिबी डाटा उपलब्ध गराउने अफर गरेको छ । बोनस अन रिचार्जको रुपमा दुई दिनका लागि प्रतिदिन १ जिबीका दरले चलाउन सकिने गरी सो डाटा प्याकेज उपलब्ध गराइने सो कम्पनीले जनाएको छ ।

त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जिबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जिबी डाटा उपलब्ध हुनेछ। यो अफर भोली अर्थात चैत ३० गतेदेखि आगामी २०८० वैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागू हुने कम्पनीको भनाइ छ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार २१:४२