१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्थमन्त्रीको गृह जिल्ला नुवाकोटमा रासायनिक मल माग्दै सयाैँ किसान सडकमा


२९ चैत, नुवाकोट ।  अर्थमन्त्री डा प्रकाशशरण महत र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको गृह जिल्ला नुवाकोटका किसान रासायनिक मल माग्दै आन्दोलित बनेका छन । मंगलबार नुवाकोटको बेलकोटगढीका किसानहरूले सयौँको संख्यामा प्रदर्शन नै गरेर रसायनिक मलको माग गरे ।

जहिल्यै खेतीपातीको समयमा रासायनिक मलको अभाव हुने र थोरै मल आए पनि सहकारीका नाममा लुटपाट हुन थालेपछि किसानहरू पीडित बन्दै आएका छन । चुनाव अघि उम्मेदवारहरूसँग रासायनिक मलको बारेमा प्रतिवद्धता मागेका किसानले मलको आश्वासन सबै पार्टीका उम्मेदवारबाट पाएका थिए ।

चुनाव जितेर कतिपय नेता मन्त्री समेत भैसकेका छन तर अहिलेसम्म कसैले पनि रासायनिक मलका लागि ठोस पहल गरेका छैनन् । जिल्लाबाट एकै पटक प्रदेश र संघमा गरी दुई जना अर्थमन्त्री भएको समयमा पनि मल नपाएपछि उनीहरू सडकमा निस्किएका हुन ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार २०:५६