७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राष्ट्रिय स्वतन्त्र पार्टीबाट विन्दावासिनी कंशाकार सांसदमा सिफारिस


२९ चैत, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विन्दावासिनी कंशाकार सांसदमा सिफारिस भएकी छिन । बुधबारको केन्द्रीय समिति बैठकले यसअघिका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेर कशंकारलाइ सांसदमा सिफारिस गरेको हो ।

पार्टीको आज बसेको बैठकले, सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछिको पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले, बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए ।

उनले भने ‘हाम्रो फाइन्डिङ उहाँले बोल्नु भएको हो । त्यो अडियो उहाँको हो । त्यो कुराकानीमा पैसा मागिएको छ । एउटा सांसदले एउटा सार्वजनिक व्यक्तिले त्यसरी माग्नु नै हाम्रो विधान अनुसार र हामी जुन सिद्धान्तमा बसेका छौँ । हामीलाई कारबाही गर्न त्यो यथेष्ठ प्रमाण हो ।’ त्यस्तै श्रेष्ठले कसलाई कोर टिम भनेको भन्ने विषयमा लामिछाने त्यस विषयमा श्रेष्ठले प्रष्ट नपारेको दाबी गरे । तर श्रेष्ठले, म डुबे भने भन्छु जसलाई पनि भन्न सक्छु भन्ने धम्कि दिएको भन्दै लामिछानेले भने ‘म सकिएपछि अरुलाई छोड्दीन भन्ने धम्कि दिएका छन् ।’

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार २०:०६