१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

२ करोड घुसको पोल खुलेपछि रविले खोसे ढाकाकुमारको सांसद पद


२९ चैत, काठमाडौँ । स्वास्थ्यमन्त्री हुन लागि नियुक्ति पूर्व नै २ करोड रूपैयाँ घुस मागेको विषय सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद नै खोसिदिएका छन । सार्वजनिक भएको अडियामा सांसद श्रेष्ठले पैसा मागेको सुनिए पनि कुराकानीले लामिछानेका लागि घुस मागेको संकेत गरेको छ । बुधबार केन्द्रीय कमिटी बैठक राखेर साभापति रवि लामिछानेले श्रेष्ठको सांसद पद खोसेका हुन । उनले श्रेष्ठलाई साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेका हुन ।

श्रेष्ठले यसअघि बुधबार नै सभापति लामिछानेको कोर टिमलाई बुझाउन जनवरीमा दुई करोड मागेको स्वीकार गरेका थिए । उनले जनवारीमा चन्दा मागेको कुरा अहिले सार्वजनिक भएको भन्दै आपत्ति जनाएका थिए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अहिले चुनावको मुखमा उक्त चन्दाको अडियो सार्वजनिक हुँदा समस्या भएको बताएका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र श्रेष्ठबीचको अडियो संवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान अघि बढाएपछि सभापति लामिछाने बुधबार चितवनबाट काठमाडौँ आइपुगेर आजै पार्टीको बैठक राखेर श्रेष्ठको सांसद पद खोसेका हुन । लामिछानेको कोरटिमको रूपमा स्वकीय सचिव दीपक बोहरा, पत्नी निकिता पौडेल र पूर्वमन्त्री डोलप्रसाद अर्याल रहेको प्रसाईंले नै सार्वजनिक गरिसकेका छन ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १९:५२