७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सीता हाइड्रोपावरको प्रभावमा प्रहरी, ज्यादतीविरूद्ध बोल्नेहरू नै प्रहरी खोरमा


२९ चैत, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-३ गुम्बामा नेसिमखोला निर्माणाधीन जलविद्युत आयोजना छ। जसको निर्माण सीता हाइड्रोले गरिरहेको छ। उक्त हाइड्रोपावरको सञ्चालक सीताराम तिमल्सिना छन् ।

सीता हाइड्रोपावरको लापरबाहीका कारण फागुन ६ गते करेन्ट लागेर बर्दिया गुलरिया-८ का मजदुर सरोज थारुको मृत्यु भयो । फागुन १४ गते स्थानीय १४ वर्षकी बालिका नोर्जी वाङ्मु लामाको बारीमा आलु रोप्दै गर्दा करेन्ट नै लागेर ज्यान गयो ।

पीडित बालिकाको परिवार र आफन्तले न्यायको खाोजी र दोषी विरुद्ध कारबाहीको माग गरिरहेका बेला ‘सल्लाह गर्नु छ’ भनी बोलाएर एमाले जुगल-३ का अध्यक्ष हिमाल तामाङ र युवा संघ जुगलका अध्यक्ष अभि तामाङलाई नियोजित ढङ्गले पक्राउ गरेको छ।

स्थानीय एबम् एमाले बागमती प्रदेश सदस्य जेपी सिलवाल भन्छन् “दोषीलाई संरक्षण, न्यायको लागी आवाज उठाउनेलाई मुद्दा र पीडितको पक्षमा उभिनेको गिरफ्तारी राज्य आतंक हो, गिरफ्तार गरेकाहरुलाई बिना सर्त रिहाई, झुटा मुद्दा खारेजी र पीडित पक्षको न्यायका लागि सरकारसँग माग गर्दछु । समयमै समस्या समाधानको पहल सरकारी निकायबाट नभए आउने परिस्थितिको जिम्मेवारी सोही पक्षले लिनुपर्ने चेतावनी पनि दिन चाहान्छु। “

यस अघि पिडित पक्षले चैत्र १४ गते काठमाडौ पत्रकार सम्मेलन गरेर अनाहकमामा २२ जना माथी मुद्दा दर्ता गरेको, पीडितले न्याय अनि क्षतिपूर्ति पाउनुपर्नेआग राख्दै घटनाको बारेमा विस्तृत रुपमा जानकारी दिएका थिए। सीता हाइड्रोपावरको प्रभावमा प्रहरी परेका कारण ज्यादतीविरूद्ध बोल्नेहरू नै प्रहरी खोरमा पुगेकाे स्थानीयले बताएका छन ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १४:१२