८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको सेनाको आस्था सम्मान लायकः प्रधानमन्त्री प्रचण्ड


२९ चैत, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको आस्था र जिम्मेवारीबोध प्रति नेपाली सेना सम्मान लायक भएको बताएका छन् । बुधबार भक्तपुर सैनिक प्रशिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभर बीर गोर्खालीको पहिचान पनि सेनाकै बीरता र बहादुरीबाट हासिल भएको चर्चा गरे ।

उनले नेपाली सेनालाई समय सापेक्ष आधुनिक र प्रविधि मैत्री बनाउँदै अघि बढनु पर्ने बताए । प्रशिक्षित भएका क्याडेटहरुको काँधमा गहन राष्ट्रिय जिम्मेवारी थपिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने ‘यो जिम्मेवारीलाई उत्कुष्ट ढंगबाट सम्पन्न गर्दै जनताको सेवामा समर्पित भइ नेपाली सेनाको छविलाई थप उचाईमा पुर्याउने जिम्मेवारी तपाईहरुको पनि हुनेछ । ’

बुधबार भक्तपुरस्थित सैनिक प्रशिक्षालय पुगेका प्रधानमन्त्री प्रचण्डले प्रशिक्षार्थीहरुद्वारा प्रदर्शन गरिएको कवाज पनि अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रशिक्षालयमा सि.न.६० अधिकृत क्याडेट तालिम र र सि.न.५० पदीक तथा विल्लादार अधिकृत क्याडेट तालिम प्रशिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका थिए । यस्का साथै उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान समेत गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १३:४४