१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दैनिक सार्वजनिक बसमा यात्रा गर्छन पूर्वमन्त्री दम्पत्ति


२८ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र नेतृ शशी श्रेष्ठ सार्वजनिक बसमा यात्रा गर्छन । पूर्वमन्त्री भैसकेको भए पनि लिलामणि र शशी अहिले पनि सार्वजनिक बसमै भेटिइरहेका छन । उनीहरू कुनै काम परेर बाहिर निस्कनुपर्दा सार्वजनिक बसको प्रयोग गर्नेगर्छन । पोखरेल भाषणवाजका रूपमा समेत चर्चित छन ।

माओवादी भित्रका थोरैमात्र बौद्धिक नेताको अग्रपंक्तिमा रहेका पोखरेल पटक पटक सांसद भएका छन । यस्तै पोखरेल पत्नी शशीले केही अघिमात्र भूमि व्यवस्था, गरिबी निबारण तथा सहकारी मन्त्रालयमा सफल नेतृत्व गरेकी थिइन । सार्वजनिक बसमा यात्रा गर्नेक्रममा पूर्वमन्त्री दम्पत्ति सोमबार पत्रकार दीपक पाण्डेको क्यामरामा परे ।

ग्वार्कोबाट कोटेश्वर जानका लागि उनीहरू पनि चक्रपथ परिक्रमा गर्ने सार्वजनिक बसमा चढेका थिए । सार्वजनिक बसमै लिलामणि दम्पत्ति भेटेपछि पत्रकार पाण्डेले उनीहरूको तस्बिर कैद गरेर मंगलबार सामाजिक सञ्जालमा छोटो टिप्पणी लेखेका छन ।

पाण्डेको टिप्पणी यस्तो छ

हिजो प्रेस काउन्सिलको बैठकमा भाग लिन महालक्ष्मीस्थान बाट महानगर यातायात चढेर एअरपोर्टतर्फ जाँदै थिए । ग्वार्को पुगेपछी पन्चायतकाल देखिका चर्चित नेता लीलामणि पोख्रेल तथा पुर्ब मन्त्री शशी श्रेष्ठदम्पती सोही बसमा चढनु भो ।

बसमा सिट थिएन, ढोकै छेउको सिटमा बसेकाले भर्याङ्मै आखा जुध्यो। एलएम दाइले पुरानै शैलीमा कता हो दीपकभाइ भन्नू भो ! मैले नमस्कार गर्दै शशी दिदीलाई सीट छोडे। म अगाडि बसेका महोदयले एलएम दाइलाई छोड्दिए।

यतिबेलासम्म मैले आफ्नो यात्राबारे बृतान्त कहन भ्याइसकेको थिए। अनि सोधे- कहाँ पुगेर आउनु भयो। शशी दिदीले पुरानै शैलीमा मुसुक्क हासेर कुनै साथीको पिताजी बितेकाले समबेदना दिन भेटेर फर्केको बताउनु भयो।

त्यतिबेलासम्म मेरो दिमाखमा पन्चायतकालमै जेलनेल भोगेका र मन्त्री भैसकेका नेतादम्पतिको सार्बजनिक बसयात्राको तस्वीर घुमीरहेको थियो ।

महाकालीसन्धी ताका देखि जोडिएको सम्बन्धको फेरो टेको लाउदै सोधे – साधन छैन दिदी ?

दाइ बोल्नु भएन, दिदीले भन्नू भो- हामी साधारण जीवन मन पराउछौ।

यो दृश्यलाई क्यामेरामा कैद गर्न मन लाग्यो मलाई पनि।

एउटा फोटो खिच्छु है सम्झना हुन्छ भन्दै दुई क्लिक हानीहाले।

उता हाम्रो सम्बाद बसका यात्रुले अभिरुचिपुर्बक सुनिरहकै थिए।

यत्तिकैमा कोटेश्वर आइपुग्यो। चियाखाने गरि आउनु है भाइ भन्दै दाइदिदी ओर्लनु भो बसबाट ।

यता मेरो दिमाखमा भने राजनीतिमा पुराना केही होइनन, नयाँ मात्रै हुन भन्ने भाष्य स्थापित गर्न खोजिएको रत्यौली घुमिरह्यो।

यदि हिजो मैले देखेको जस्तो दृश्य चितवनतिर कुर्लिरहेको किर्ते चटके, अनि तनहुँमा घुमीरहेको बिदेशी बुद्धिबिलासे झिल्केका स्यालहर्ले देखेका भा त्यसैलाई ट्रोल बनार मुलुकमा कति उधुम मच्चाउने थिए होलान ?

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ०८:५५