१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

हरियाली छाएकाे बजारमा यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


२७ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । केही दिनदेखि निरन्तर घटिरहेकाे बजारमा आज भने हरियाली छाएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले बढेर १८४४.०२ बिन्दुमा बन्द भएको छ । आज २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ६ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६५ लाख, एनआइसी एशिया बैंकको २ करोड ७० लाख, नबिल बैंकको २ करोड ७० लाख र हिमालयन डिष्टिलरीको २ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १५:१२