१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

युवा संघको महाधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली नेपालगन्जमा


२७ चैत, नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज पुगेका छन् । युवा संघको नवौँ महाधिवेशन आजदेखि चैत २९ गतेसम्म चल्ने छ ।

अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगन्ज गएका छन् ।

विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गरेका थिए ।

महाधिवेशनमा भाग लिन देशभरका युवा नेपालगन्जमा जम्मा भएका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न राजनीतिक प्रस्ताव समेत पास गर्दै छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १३:११