११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कतिमा भयो सानिमा मिडिल तमोरको पहिलो कारोबार ?


२७ चैत, काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडकाे स्पेशल प्रि ओपन सेसनमा आज चैत २७ गते साेमबार पहिलाे काराेबार भएकाे छ । साेमबार प्रतिकित्ता २९५ रुपैयाँमा  कम्पनीकाे पहिलाे काराेबार भएकाे हाे ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ३३ लाख २५ हजार कित्ता आइपीओ हिजाे आइतबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९८.४३ रुपैयाँ र अधिकतममा २९५.२९ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही आधारमा यस दिन कम्पनीको कारोबार खुलेको हो।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ११:१४