१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

वरिष्ठ कलाकार हरिवंश आचार्य एडिलेड आउदै, के छन कार्यक्रम ?


२६ चैत,  एडिलेड । नेपाली वरिष्ठ कलाकार हरिवंश आचार्य रेड राईनो क्रिकेट क्लवको निमन्त्रणामा एडिलेड आउने भएका छन् ।
आचार्य अप्रिल १६ मा क्लवको आयोजना गाला डिनरमा प्रमुख अतिथिका रुपमा सहभागी हुने क्लवका अध्यक्ष हेम श्रेष्ठले बताएका छन् ।

स्थानिय इलिङटन फङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रममा पहिलो चरणमा क्लवका संरक्षक समेत रहेका आचार्यको उपस्थितिमा खेलाडी तथा सहयोगीहरुलाई प्रमाणपत्र वितरण तथा क्लवका गतिविधि बारेमा प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले बताए ।
दोस्रो चरणमा कलाकारहरु टिका प्रसाई, विक्रम वराल, सुन्दुक दोर्जे लामाहरुले प्रस्तुति हुने कार्यक्रममा अन्तिममा प्रमुख अतिथि आचार्यले आफ्नो भनाई सहित प्रस्तुति रहने भएको छ ।
राईनो क्लवको भ्रमणमा अष्ट्रेलियामा रहेका आचार्य विहिवार एडिलेड आइपुग्ने कार्यक्रम रहेको छ ।

दैनिकी संग थप कुरा गर्दै क्लवका अध्यक्ष श्रेष्ठले संरक्षक समेत रहेका देशका वरिष्ठ कलाकारको उपस्थितिले क्लवका खेलाडी आगामी दिनमा खेलमा थप उत्प्रेरणा मिल्ने विश्वास लिएको बताए । रेड राईनो क्रिकेट क्लव साउथ अष्ट्रेलियामा एडिलेड नेप्लिज क्रिकेट एशोसियसनमा आवद्ध भएर विगत दुइ बर्ष देखी यहा हुने लिग तथा अन्य प्रतियोगिताहरुमा सहभागी हुदै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १७:५८