६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

२२ वर्षको पत्रकारिताबाट बाँच्न कठिन देखेपछि ४ करोडको लगानीमा रेष्टुरेन्ट


२६ चैत, काठमाडाैँ । पत्रकारिताबाट मात्र बाँच्न कठिन देखिएको भन्दै पत्रकार लक्ष्मण खड्का रेष्टुरेन्ट व्यवसायमा लागेका छन । चार करोडको लगानीमा तीन रोपनी जग्गामा लक्ष्मणसहितको टिमले तिनकुनेमा व्यन्जन हाउसको नाममा नयाँ रेष्टुरेन्ट सुरू गरेको हो । लक्ष्मणले अन्य तीन जना विभिन्न पेशा र व्यवसायका साथीसँग मिलेर रेष्टुरेन्ट व्यवसाय सुरू गरेका हुन ।

लक्ष्मणले २२ वर्षको पत्रकारिताबाट पत्रकारितामात्र गरेर बाँच्न कठिन हुने निष्कर्षसहित रेष्टुरेन्टमा हात हालेको बताए । उनले रेष्टुरेन्टमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा पनि गरे ।

रेष्टुर नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुलाई १५ प्रतिशत छुट दिने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा हाउसका सम्पूर्ण सेवामा १५ प्रतिशतको छुटको व्यवस्था गरिएको हो । यो सुविधा ग्राहकहरुले आउँदो बिहीबार र शुक्रबारका लागि मात्रै रहेको सञ्चालक लक्ष्मण खडकाले जानकारी दिए ।

फरकफरक भान्साको व्यवस्था सहित सेवा प्रदान गरिरहेको व्यञ्जन हाउसका म्यानेजर दीपेन्द्र प्रधानांगले जानकारी दिए । व्यञ्जन हाउसमा सुविधा सम्पन्न क्याफे, रेस्टुरेन्ट र पार्टी हाउस एकै स्थानमा रहेको छ । त्यस्तै, हाउसमा नेपाली खाना सहित सबै प्रकारका फास्टफुडका आईटमहरु र सेकुवा आईटमहरु उपलब्ध रहेका छन् ।

रेस्टुरेन्टमा नेपालीसँगै चिनियाँ, इटालियन, बेकरी लगायत परिकारहरु उपलब्ध रहेका छन् । रेष्टुरेन्टको मेनुमा न्यूनतम २०० रुपैयाँदेखिका परिकारहरु पाइन्छन् ।  ३५० जना क्षमताको रेस्टुरेन्टमा ५० जना क्षमताको सेमिनार हल र ५०० क्षमताको पार्टी इभेन्ट गर्न साकिने सञ्चालक खड्काले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार ११:५८