७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राजनीतिक दलका नेता कुर्सीको होडबाजीमा लागेका छन्ः सभामुख घिमिरे


२५ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले वर्तमान प्रणाली नेतृत्व गरिहेका राजनीतिक दलका नेता कुर्सीका लागि मात्रै होडबाजी गरिहेको बताएका छन् ।

राष्ट्रिय सभागृहमा भएको लायन्स क्लबको जिल्ला अधिवेशनमा सभामुख घिमिरेले पदको प्रतिष्पर्दामा भन्दा लायन्स क्लब अलग रहेको बताए ।

कार्यक्रममा उनले भने,‘हाम्रो प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरु कुर्सीका लागि मात्रै होडबाजी गरेको हुन की जस्तो लाग्न थालेको छ । यस्तो बेला लायन्स क्लबले अपनाएको प्रणालीमा पदका लागि प्रतिस्पर्धा कम देखिन्छ । तर, निश्वासर्थ ढंगले गरिएका काम धेरै देखिन्छ । यो प्रजातान्त्रिक अभ्यास हो ।’

कार्याक्रममा उनले अन्धोपन निवारण तथा स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा लायन्स क्लबले उल्लेखनिय काम गरेको दाबी गरेका छन् । ठूला विपत्तिका बेला क्लबले ठूलो परिमाणको अन्तराष्ट्रिय सहयोग जुटाएर शैक्षिक, स्वास्थ्य र वातावरण क्षेत्रको उल्लेखनीय काम गरेको उनले बताए ।

उनले भने ‘नेपालमा अन्धोपन निवारण गर्ने सन्र्दभमा लायन्सले गरेको योगदान बास्तवमै प्रसंसनीय छ ।’कार्यक्रममा उनले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक विकास गर्ने घडि आएको बताउँदै त्यसका लागि अनेक किसिमका चुनौति आइरहेको बताए ।

क्लबले अधिवेशनमा विभिन्न व्यक्तिलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कृष्णप्रसाद भुसाल, चित्रा थापा विष्ट, होमबहादुर क्षेत्री, मोतिप्रसाद पौडेल लगायत व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १३:४३