८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोशी आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारकाे निर्णय


२४ चैत, काठमाडाैं । सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हाे । सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।

यसअघि कोशी प्रदेश   सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियाे । आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए। लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग थियो।

प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब प्रहरीको लाठी लागेर घाइते भएका थिए। उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १२:३५