८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जागिरकाे खाेजिमा हुनुहुन्छ ? नेपाल राष्ट्र बैंकले माग्याे कर्मचारी


२३ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले केही कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले रिक्त रहेको तथ्याङ्कशास्त्री (अधिकृत तृतीय सरह) पदका लागि करारमा दुईजना कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट तथ्याङ्कशास्त्र विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेका इच्छुक ब्यक्तिले चैत २९ गतेसम्म अनलाइन दरखास्त फाराम पेश गर्न सक्नेछन् । दरखास्त पेश गर्दा आफुले प्राप्त गरेकाे शैक्षिक याेग्यता, नागरिकताकाे प्रमाणपत्र, ताेकिएकाे अनुभव खुल्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १७:०३