८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अन्तिम काराेबारकाे दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री


२३ चैत, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । अघिल्लाे काराेबारकाे दिन बुधबार झिनाे अंकले बढेकाे बजार आज भने घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ८.२८ अकंले घटेर १८६६.७८ बिन्दुमा बन्द भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन ४ करोड ९२ लाख रुपैयाँ माथिको कारोबा भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९६ लाख, नबिल बैंकको २ करोड ९४ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख र एनआइसी एशिया बैंकको २ करोड १३ लाख रपैयाँमाथिको कारोबार भएको छ  ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १५:०६