१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मर्जर प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले बाेलाए साधारणसभा


२३ चैत, काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारितका गर्न आगामी वैशाख १६ गते वार्षिक साधारणसभा बोलाएका छन् ।

दुवै लघुवित्तको सञ्चालक समितिले वार्षिक साधारणसभा आगामी वैशाख १६ गते बोलाउने निर्णय गरेको हो । यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेको थियो ।

प्रारम्भिक सम्झौताअनुसार मर्जर पश्चात् बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । दुबै कम्पनीले सभामार्फत् मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछन् ।

खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयमा विहान १० बजे सभा गर्ने भएको हो भने धौलागिरी लघुवित्तले भने धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा विहान १० बजे सभा गर्ने भएको हो ।

धौलागिरी लघुवित्तको सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ भने खप्तड लघुवित्तको सभाले पनि सञ्चालक समितिमा सर्वसाधराण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।दुवै लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १२:३८