७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उत्पादन पद्धतिः सामाजिक विकासको प्रमुख र निर्णायक शक्ति


-सरोजकुमार तामाङ

सामाजिक-आर्थिक व्यवस्थासम्बन्धी सिद्धान्त नै ऐतिहासिक भौतिकवादको मुख्य सिद्धान्त हो । भौतिक सम्पत्तिको उत्पादन गर्ने निश्चित ऐतिहासिक पद्धतिहरु नै यसका आधारहरु हुन् । निश्चित भौगोलिक परिवेश र जनसंख्याबिना उत्पादन प्रक्रिया सुचार हुनसक्दैन् । भौगोलिक परिवेश भन्नाले समाज र प्रकृतिको अन्तर सम्बन्धलाई बुझाउँछ, जसमा समाज र प्रकृति एक अर्काबाट प्रभावित हुन्छन् । भौगोलिक परिवेश मानिसको उत्पादनसम्बन्धी क्रियाकलापको निम्ति अत्यावश्यक अवस्था हो । प्रकृतिसित संघर्ष गरेर मात्रै मानिसले जीवनयापनका साधनहरु प्राप्त गर्न सक्दछ । तर, अनुकूल प्रकृतिक अवस्थाहरुले समाजको विकासमा योगदान पुर्याउँछ भने प्रतिकूल प्रकृतिक अवस्थाहरुले सामाजिक विकासमा नकारात्मक प्रभाव पार्दछ । यसरी भौगोलिक परिवेशले हाम्रो समाजको विकासमा दोहोरो प्रभाव पार्दछ । उदाहरणार्थ; खनिजपदार्थहरुको भण्डार, वनजंगल, नदीनाला आदिले सामाजिक विकासमा अनुकूल प्रभाव पार्दछ भने खनिजपदार्थको अभावमा औद्योगिक विकासमा अवरोध ल्याउँछ र सुक्खा जलवायुले कृषि विकासमा बाधा पुर्याउँछ ।

यहाँ सोचनीय कुरा के छ भने एकै प्रकृतिक अवस्थाहरु भएको मुलुकहरुमा पनि किन फरक-फरक तरिकाले समाजको विकास भएको हुन्छ ? किनकि कुनैपनि समाजको विकास उसको प्रकृतिक अवस्थाहरुमा मात्र भर नपरेर सामाजिक व्यवस्थाभित्र निहित चरित्र, उत्पादनको सम्बन्ध, विज्ञान र प्रविधिको प्रयोगमा भरपर्दछ । अल्पसंख्यकवर्गको प्रभूत्व रहेको सामाजिक व्यवस्थामा बहुसंख्यक जनतालाई शोषण, दमन, उत्पीडन जारी राख्ने हुनाले त्यहाँ सामाजिक विकासले गति लिन सक्दैन् किनकि सामाजिक व्यवस्थालाई गतिशीलता प्रदान गर्ने श्नमजीवीवर्गलाई उपेक्षा गरेको हुन्छ ।

सिमितवर्गको स्वार्थको निम्ति प्रकृतिक अवस्थाहरुलाई प्रयोग गर्न खोज्दा विकासले गति लिन सक्दैन् । यसरी, भौगोलिक परिवेश सामाजिक जीवनको अत्यावश्यक अवस्था भएतापनि त्यो सामाजिक विकासको निर्णायक कारण होइन् । विकास भनेकै न्युनतमबाट उच्चतम अवस्थातिर उन्मुख हुनु हो । यसले सामान्यबाट जटिलतर्फ दिशानिर्देश गर्दछ । त्यसैले, भौगोलिक परिवेशलाई सामाजिक विकासको निम्नबाट उच्चतमतर्फ पुर्याउन मानव विवेकको महत्वपूर्ण भूमिका हुन्छ । मानव विवेकले नै भौगोलिक परिवेशहरुलाई उत्पादनका साधनहरु, उपभोग्य वस्तुहरुमा रुपान्तरित गर्दै व्यक्ति र समाजको सम्पत्तिको रुप ग्रहण गर्ने, आवश्यकता पूर्तिको साधन बन्ने हुन्छ । तर, भौतिक सम्पत्तिको ठूलो हिस्सा पूँजीपतिवर्गहरुले हत्याउँदा श्नमजीवीवर्गहरु जीवनयापनका अत्यावश्यक साधनहरुबाट समेत वञ्चित हुन् पुग्छ जसले समाजमा असमानता पैदा गर्दै सामाजिक विकासमा अवरोध उत्पन्न गर्दछ ।

यसरी कुनैपनि मुलुक गरिबीको रेखामुनि रहेको छ भने हामीले के बुझ्न बिर्सन हुँदैन भने त्यो मुलुकको सामाजिक उत्पादन र उपभोग्य वस्तुहरुको ठूलो हिस्सा सिमित पुँजीपतिवर्गहरुको हात रहेको छ । त्यसैले, सामाजिक विकासको प्रमुख र निर्णायक शक्ति नै भौतिक सम्पत्तिको उत्पादन पद्धति हो । भौतिक उत्पादनको निम्ति श्नमका वस्तुहरु र श्नमका साधनहरु हुनु आवश्यकता छ । श्नमका वस्तुहरु भन्नाले त्यस्ता चीजहरु हुन् जसमाथि मानव श्नम लगाइन्छ र श्नमका साधनहरु भन्नाले यन्त्र-उपकरणहरु, औजार, कारखाना-भवन, विभिन्न किसिमका यातायातका वाहनहरु हुन् । वास्तवमा भौतिक सम्पत्ति उत्पादन गर्न श्नमका साधनहरु बिना मानव श्नमले मात्र सम्भव हुँदैन् किनकि प्रकृतिले मानिसलाई सजिलै आफ्ना सम्पदाहरु दिँदैन् ।

मानिसले आफ्ना जीवनयापनका साधनहरु प्रकृतिबाट प्राप्त गर्न उत्पादनका औंजारहरु उसित हुनुपर्छ । जुन समाजसँग धेरै मात्रामा उत्पादनका औंजारहरु हुन्छ, त्यति धेरै उत्पादन त्यो समाजले गर्दै जान्छ । श्नम साधनहरु निर्माण गरेर मात्र हुँदैन, यिनलाई संचालन गर्नु र उपयोगमा ल्याउनु पनि पर्छ । त्यसैले मानिस नै उत्पादनको अभिन्न तत्व हो । त्यसैले, उत्पादनका साधनहरु र मानिसलाई नै उत्पादक शक्ति भनिन्छ । मानिस एक्लैले होइन, समाजमा संगठित भएर मात्र उत्पादन गर्न सक्दछ । त्यसैले श्नम व्यक्तिगत हुँदैन, श्नम सामाजिक हुन्छ । यसरी उत्पादनको प्रक्रियामा मानिसहरुका बीच स्थापित हुने सम्बन्धलाई नै उत्पादन सम्बन्ध भनिन्छ । उत्पादनका साधनहरु शोषकहरुको हातमा छन् भने उत्पादन सम्बन्धहरुले शोषणका सम्बन्धहरुको रुप लिन्छ । अर्कोतर्फ, उत्पादनका साधनहरु श्नमिकहरुको मातहातमा छन भने त्यसले समाजवादी व्यवस्थाको प्रतिनिधित्व गर्ने भो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०८:२२