१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सूर्य नेपालको मिन्टो बाइट टफी बजारमा


२२ चैत, काठमाडाैं । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टो बाइट टफी नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘Freshness in every bite’ को नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्वीस्ट र्‍याप प्याकमा उपलब्ध हुनेछ ।

मिन्टो बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुने जनाइएको छ। टफी खाँदा अद्भूत शितलताको आभाषका साथै रिफ्रेशिङ अनुभव पनि गराउने कम्पनीको दाबी छ।

यसको स्वादले ताजा श्वासका साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो र्‍यापरमा उपलब्ध यो टफी बजारमा अरू उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनभन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकले मिन्टो बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । नेपालभरिका खुद्रा पसल तथा सुपरमार्केटहरूमा यो उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १४:२४