७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाललाई ऋण सहयोगका लागि एडिबी सकारात्मक छः अर्थमन्त्री महत


२२ चैत, काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, विश्व बैङ्क र एसियाली विकास बैङ्क एडिबी नेपाललाई अनुदान स्वरूप ऋण प्रदान गर्न सकारात्मक रहेको बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा एडिबीसँग भएको छलफलपछि अर्थ मन्त्री महतले, हिजो र आज दुवै बैङ्कका प्रतिनिधिसंगको छलफल सकारात्मक भएको र नेपाललाई सहयोग गर्न उनीहरू सकारात्मक रहेको बताएका हुन् ।

छलफल पछि उनले भनेका छन् ‘वर्ल्ड बैङ्कसंग हिजो भएको र एडिबीसँग आज भएको छ । उहाँहरू नेपाललाई सहयोग गर्न एकदम उत्साहित हुनुहुन्छ । उहाँहरूको चासो,चिन्ता र दिएको सहयोगहरू समयमा खर्च हुन सकेको छैन । साइटको प्रोजेक्टहरू राम्रो नभएर ठेक्काहरूको काम भइरहेको छैन ।

वर्ल्ड बैङ्कको प्रतिनिधिले पनि अझै हामी धेरै सहयोग गर्छौ भन्नु भएको छ । हामी घनिष्ठ भएका छौँ । नेपालको अर्थतन्त्रको समस्यालाई देखेर नै उहाँहरू अनुदान दिन चाहनुहुन्छ ।’ आज एसियाली विकास बैङ्क एडिबीका प्रतिनिधिसंग कुरा गरेका अर्थमन्त्री महतले हिजो मङ्गलवार वर्ड बैङ्कसंग छलफल गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १३:३९