१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता, के बिषयमा भयाे छलफल ?


२१ चैत, काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । अर्थमन्त्री मतहले मंगलबार बिहान गर्भनर अधिकारीसहित राष्ट्र बैंकका अधिकारीलाई बोलाएर छलफल गरेका हुन् । छलफलमा पछिल्लो समय भएको ब्याजदर बृद्धि, तरलता अभाव, अर्थतन्त्रमा देखिएको समस्यालगायतका बिषयमा छलफल भएको छ ।

भेटमा गभर्नर अधिकारीले अर्थमन्त्री महत समक्ष अर्थतन्त्र सुधार हुँदै गएको बताए। उनले गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप घट्दो क्रममा रहेको जानकारी अर्थमन्त्रीलाई गराएका छन् ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी बढिरहेको भन्दै आगामी दिनमा क्रमश: ब्याजदर पनि घट्दै जाने गभर्नर अधिकारीले जानकारी दिए । मन्त्री महतले निजी क्षेत्रले ब्याजदर बढी भएको गुनासो गरेको भन्दै ब्याजदर घटाउने सम्भावना के-कस्तो छ भन्ने चासो राखेका थिए ।

पछिल्लो समय अर्थमन्त्री डा. महतले भेटघाटलाई तिर्ब्रता दिएका छन् । अर्थमन्त्रीले आइतबार र सोमबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफलका क्रममा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १२:१४