२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी दर्ता

२० चैत, काठमाडाैं । आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल र समर्थकमा नेपाली कांग्रेस महासमिति सदस्य एवं गण्डकी प्रदेश कार्य समिति सदस्य सरीता गुरुङ रहेका छन् ।

यसअघि नेकपा (एमाले) का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १५:४८