११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालले गरे उम्मेदवारी दर्ता


२० चैत, तनहुँ । तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् ।यो क्षेत्रमा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १४:२५