११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सहकारी प्रति नकारात्मक प्रभाव बढेको छः सहकारी सञ्चालक


२० चैत, काठमाडाैं । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज चैत २० गते सोमबार माइतिघर मण्डलामा प्रभातफेरि आयोजना गरिएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालक अमरावती बालामी महर्जनले सरकारको तीन खम्बे अर्थ नीतिमध्ये एक सहकारी भएको बताउँदै सरकारले यसको सुरक्षा र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्,‘सहकारी बचाउनु पर्छ भन्ने अभियानका साथ अगाडि बढेका छौ । यो अभियानलाई सरकारले सम्बोधन गर्न सकोस । अर्थतन्त्र डामाडोल भएको छ । सरकारको तीन खम्बे अर्थ नीतिमध्ये एउटा खम्बा सहकारी हो । त्यसलाई सरकारले हेर्नुपर्छ ।’

यस्तै, सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सीमा परियारले सहकारीको विषयमा नकारात्मक प्रभाव बढ्दै गएको बताइन् । ‘एकका लागि सबै र सबैका लागि एक’भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्नुपर्ने उनको भनाई थियो ।

उनले भनिन्, ‘देशमा सहकारीको नकारात्मक प्रभाव बढि भईरहेको छ । तर, सहकारीले एकदमै राम्रो काम गरेको छ । सहकारी अभियान निरास हुन जरुरी छैन्। हामीले राम्रो तरिकाले चलाएका छौ ।हामी सबै जुटेर ‘एकका लागि सबै र सबैका लागि एक’भन्ने मर्म बुझेर नकारात्मक प्रभावलाई चिर्न सक्नुपर्छ । उनले सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने विषयलाई जोड दिएकी छिन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १३:५९