१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आज पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


२० चैत, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन सोमबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँमा काराेबार भएको छ।

आइतबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १०:४८