८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मीटरव्याज पीडितलाई सरकारले फेरि धोका दियोः एमाले सांसद गैरे


१९ चैत, काठमाडाैं । नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरव्याजीपीडितलाई सरकारले धोका दिएको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा गैरेले सरकारले फेरि मिटरव्याजपीडितलाई धोका दिएको आरोप लगाएका हुन् । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई धोका भएको उनको तर्क छ ।

उनले भने, ‘सरकारले मिटरव्याजीपीडितलाई फेरि धोका दियो । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई अझै धोका दिने काम भएको छ। ’पीडितका नाममा अनेक व्यक्ति र समूहबाट चलखेल भएको उनको आरोप छ । सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरूबारे सरकार जवाफदेही नभएको भन्दै आपत्ति समेत जनाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १५:४४