१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय


१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावमा यादवलाई सहयोग गर्ने निर्णय गरेको हाे ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लगेको हाे । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १३:१२